Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव नेपाल माथि ओलीको एक्सन, एक तह सोझै घटुवा ! 

माधव नेपाल माथि ओलीको एक्सन, एक तह सोझै घटुवा ! 


  • 15.8K
    Shares

    माधव नेपाल माथि ओलीको एक्सन, एक तह सोझै घटुवा ! 

    काठमाडौँ । सर्वोच्च अदाललतको फैसलाबाट नेकपा एमाले पुनःस्थापित भएसँगै वरिष्ठ नेता माधव कुमार नेपालको वरियता घटुवा भएको छ ।

    शुक्रबारसम्म विभाजित नेकपाको एउटा पक्षको अध्यक्ष रहेका नेपाल एमाले ब्युँतिएसँगै झलनाथ खनालभन्दा तल्लो वरीयतामा घटुवा भएका हुन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा प्रचण्डपछिको दोस्रो कुर्सीमा नेपाल बसेका थिए ।

    बुधबारको बैठकमा भने सत्तापक्ष एमालेका सांसदहरु बस्ने लहरको पहिलो सिटमा झलनाथ खनाल बसे भने त्यसपछि नेपाल बसेका थिए ।

    एमालेमा निवतर्मान पार्टी प्रमुख अध्यक्षपछिको वरिष्ठतामा रहने भएकाले झलनाथ खनालको वरीयता स्वतः नेपालभन्दा माथि परेको हो ।

    एमाले–माओवादी एकीकरणपछि बनेको नेकपामा सुरुमा ओली र प्रचण्डपछि नेपाललाई तेस्रो वरीयतामा राखिएको थियो । पछि ओलीको प्रस्तावमा झलनाथ तेस्रो वरीयतामा पारेर नेपाललाई चौथो वरीयतामा झारिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १५:१८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij