Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

जब प्रचण्डले खोजेको भन्दै ओलीका मन्त्री प्रभु साहलाई  नारायणकाजीले फकाउँदै फोन गरे

जब प्रचण्डले खोजेको भन्दै ओलीका मन्त्री प्रभु साहलाई  नारायणकाजीले फकाउँदै फोन गरे


  • 8.4K
    Shares

    जब प्रचण्डले खोजेको भन्दै ओलीका मन्त्री प्रभु साहलाई  नारायणकाजीले फकाउँदै फोन गरे
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली निकट र उनकै सरकारका मन्त्रीलाई नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले शहरी विकासमन्त्री प्रभु शाहलाई फोन गरेर पार्टीले खोजिरहेको बताएपछि प्रभु साह अचम्म परे ।

    बुधवार अपराह्न पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठककै बीचमा श्रेष्ठले शाहलाई फोन गरेर पार्टीमा फर्किन आग्रह गरेका हुन् । "पार्टीले तपाईंलाई खोजिरहेको छ," श्रेष्ठले फोनमा साहलाई भने ।

    त्यसपछि शाहले कुन पार्टी भनेर प्रश्न गरे । "माओवादी केन्द्र नि १ तपाईंलाई पर्खिरहेछ," सञ्चारकर्मीकै अगाडि फोनमा बोल्दै श्रेष्ठले भने ।

    पूर्व माओवादी नेता प्रभु शाह यतिबेला एमालेका अध्यक्ष ओलीनिकट बनेका छन् । प्रतिनिधि सभा बैठकपछि ओलीले मन्त्री बनाएका  थिए । शुरुमा बाबुराम भट्टराई नजिक रहेका साह बाबुरामले पार्टी छोडे पछि प्रचण्ड निकट थिए।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १४:२४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij