२०८२ फाल्गुण २४ गते आइतवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ।
महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो। यस्तै, रास्वपाले दुई जना सहमहामन्त्री थपेको छ। सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्। संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको छ।
पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए। यस्तै रास्वपाले तीन जना सहप्रवक्ता थपेको छ। मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं सहप्रवक्ता बनेका छन्।
यसैगरी, पाँच जना केन्द्रीय सदस्य थपिएका छन्। अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव (महोत्तरी), पुकार बम र कामिनी चौधरी केन्द्रीय सदस्य बनेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij