२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाश बोहरा लगन गाँठोमा कसिने भएका छन् ।
अविनाशले सोमबार प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ गरेका हुन् । प्रतिज्ञा अस्ट्रेलिया बस्दै आएकी छिन् । अविनाशले ‘इन्गेजमेन्ट’ गरेको समाचार बाहिरिएपछि समर्थकहरुले उनलाई बधाइ दिएका छन् ।
उनले नेपाली राष्ट्रिय टोलीबाट ४८ वटा टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ६४ विकेट लिइसकेका छन् । उनले टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटै खेलमा केवल ११ रन दिएर ६ विकेट लिएका छन् ।
अविनाशले देशका लागि दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij