२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) उत्साह छाएको छ । नेप्से आज ६४ दशमलव ७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ विन्दुमा पुगेको छ ।
यस अघि २०७३ साउन १२ गते नेप्सेले १८८१ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । सोहि विन्दुमा पुग्न नेप्से ७ अंक बाँकी रहेको छ ।
नेप्सेका अनुसार बुधबार कूल १९६ वटा कम्पनीको एक करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी एउटा उपसमूहको शेयर मात्र घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij