२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले सुविसु ‘दक्षिणा अफर’ योजना ल्याएको छ ।
यस अफरअन्तर्गत ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा १३ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सकिनेछ । अरू जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको कम्पनीले जनाएको छ ।
यसका साथै ग्राहकहरूले वार्षिक सेवाको भुक्तानी ईसेवामार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्ने जनाइएको छ । यसका लागि भुक्तानी गर्दा प्रोमो कोड ‘उपहार’ प्रयोग गर्नुपर्ने सुबिसुले जनाएको छ । यो योजना सीमित अवधिका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij