२०८२ कार्तिक ९ गते आइतवार
आफ्ना ग्राहकको अरबौं रुपैयाँ ठगेर भागेकी एक महिलाले प्रहरीलाई आफू मरिसकेको भन्ने भ्रममा पारेर झुक्याउन आफ्नो खुट्टा आफैंले काटेर समुद्र किनारमा फ्याँकेको हुन सक्ने आशंका गरिएको छ ।
अस्ट्रेलियाकी मेलिसा क्याडिक नामकी यी महिला केही महिनादेखि रहस्यमय तरिकाले बेपत्ता छिन् र यस विषयमा अनुसन्धान भइरहेको छ । खोजीको क्रममा उनको एउटा खुट्टा सडेको अवस्थामा अस्ट्रेलियाको एक समुद्र किनारमा फेला परेपछि पुलिसले उनको बाँकी शरीर खोजिरहेको छ ।
न्यू साउथ वेल्सका कमिश्नर माइक फुलरका अनुसार उनलाई ती ठग महिला मरिसकेको जस्तो पनि लागेको छ तर केस बन्द भइसकेको छैन र उनले पुलिसलाई झुक्याएर भाग्नको लागि आफ्नो खुट्टा आफैंले काटेर फ्याँकेको हुन सक्ने सम्भावना पनि छ । क्याडिकको सडिरहेको खुट्टासहितको जुत्ता न्यू साउथ वेल्सको दक्षिणी किनारामा उनी बेपत्ता भएको तीन महिनापछि फेला परेको थियो ।
द सनका अनुसार गत हप्ता सार्वजनिक भएको एक रिपोर्टमा उनले २५ मिलियन डलर ९झण्डै ३ अर्ब रुपैयाँ० ठगी गरेको देखिएको छ । रिपोर्टका अनुसार क्याडिकले ठगी गरेको यो पैसा विदेशमा विदा मनाउन, महंगा कपडा र गहना किन्न प्रयोग गरेकी थिइन् । ४९ वर्षकी यी महिला नोभेम्बर १२ मा आफ्नो सिड्नीको घरबाट हराएकी थिइन् । यसको एक दिनअघि पुलिसले उनको डोभर हाइट्समा रहेको घरमा छापा मारेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij