२०८२ फाल्गुण २१ गते बिहिवार
आफ्ना ग्राहकको अरबौं रुपैयाँ ठगेर भागेकी एक महिलाले प्रहरीलाई आफू मरिसकेको भन्ने भ्रममा पारेर झुक्याउन आफ्नो खुट्टा आफैंले काटेर समुद्र किनारमा फ्याँकेको हुन सक्ने आशंका गरिएको छ ।
अस्ट्रेलियाकी मेलिसा क्याडिक नामकी यी महिला केही महिनादेखि रहस्यमय तरिकाले बेपत्ता छिन् र यस विषयमा अनुसन्धान भइरहेको छ । खोजीको क्रममा उनको एउटा खुट्टा सडेको अवस्थामा अस्ट्रेलियाको एक समुद्र किनारमा फेला परेपछि पुलिसले उनको बाँकी शरीर खोजिरहेको छ ।
न्यू साउथ वेल्सका कमिश्नर माइक फुलरका अनुसार उनलाई ती ठग महिला मरिसकेको जस्तो पनि लागेको छ तर केस बन्द भइसकेको छैन र उनले पुलिसलाई झुक्याएर भाग्नको लागि आफ्नो खुट्टा आफैंले काटेर फ्याँकेको हुन सक्ने सम्भावना पनि छ । क्याडिकको सडिरहेको खुट्टासहितको जुत्ता न्यू साउथ वेल्सको दक्षिणी किनारामा उनी बेपत्ता भएको तीन महिनापछि फेला परेको थियो ।
द सनका अनुसार गत हप्ता सार्वजनिक भएको एक रिपोर्टमा उनले २५ मिलियन डलर ९झण्डै ३ अर्ब रुपैयाँ० ठगी गरेको देखिएको छ । रिपोर्टका अनुसार क्याडिकले ठगी गरेको यो पैसा विदेशमा विदा मनाउन, महंगा कपडा र गहना किन्न प्रयोग गरेकी थिइन् । ४९ वर्षकी यी महिला नोभेम्बर १२ मा आफ्नो सिड्नीको घरबाट हराएकी थिइन् । यसको एक दिनअघि पुलिसले उनको डोभर हाइट्समा रहेको घरमा छापा मारेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij