Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

साङ्ग्रिला डेभलपमेन्ट बैंकको १९औँ वार्षिकोत्सव : तिलगंगा आँखा अस्पताललाई २ लाख सहयोग

साङ्ग्रिला डेभलपमेन्ट बैंकको १९औँ वार्षिकोत्सव : तिलगंगा आँखा अस्पताललाई २ लाख सहयोग


  • 2.1K
    Shares

    साङ्ग्रिला डेभलपमेन्ट बैंकको १९औँ वार्षिकोत्सव : तिलगंगा आँखा अस्पताललाई २ लाख सहयोग
    images

    काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । बैंकले बिहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको हो । 

    सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरू तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागिता रहेको थियो । मन्दिर परिसरको सरसफाइ पश्चात् बैंकको केन्द्रीय  कार्यालय बालुवाटार काठमाडौँकै प्राङ्गणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई रकम दुई लाखको आर्थिक सहयोग उपलब्ध गराइएको थियो । 

    वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरू तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङकोसमेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गरिन । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय  कार्यालय बालुवाटार काठमाडौं र नेपालगन्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरे । 

     

    कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधि काम गरेका कर्मचारीहरूलाई एक्सेलेन्स अवार्ड वितरण तथा केक कटिङसमेत गरिएको थियो । बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बैंकको १९औँ वार्षिकोत्सवले थप ऊर्जा प्रदान गरेको आगामी दिनमा बैंकलाई उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

    प्रकाशित मिति :कार्तिक १३ २०८० सोमवार - १८:०६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij