Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

बामदेव फकाउन ओलीले कोसेली बोकाएर पौडेललाई पठाए भैसेपाटी, मुख्य डिजाइनर अब कता ?

बामदेव फकाउन ओलीले कोसेली बोकाएर पौडेललाई पठाए भैसेपाटी, मुख्य डिजाइनर अब कता ?


  • 6.1K
    Shares

    बामदेव फकाउन ओलीले कोसेली बोकाएर पौडेललाई पठाए भैसेपाटी, मुख्य डिजाइनर अब कता ?

    काठमाडौं । नेकपा एमालेका नेता विष्णु पौडेल सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न वामदेव गौतमको निवासमा पुगेका छन् । घरमै लडेर सामान्य चोट लागेकोले आराम गरिरहेका गौतम एमाले ब्यूँतिएपछि थप शक्तिशाली बनेकोले केपी शर्मा ओलीले उनलाई एमालेतर्फ नै फर्काउने कसरत गरिरहेका छन् । त्यसैको लागि ओलीले पौडेललाई भैँसीपाटी पठाएको बताइएको छ ।  एकीकरणपछिको नेकपा विभाजन उन्मुख हुँदा गौतम पार्टी एकता अभियान चलाइरहेका थिए । 

    अर्थमन्त्रीसमेत रहेका पौडेल गौतम निवास पुगेर अदालतको फैसलाले दलको अवस्था के हुने, पद अब कुन तरिकाले सम्बोधन गर्ने जस्ता गम्भीर विषयमा छलफल गरेका हुन् । उनले त्यहाँ अब कसरी दललाई मजमुद बनाएर जाने र अदालतको फैसला के हो त्यसबारेमा कसरी सम्बोधन गर्ने भन्दै छलफल गरेको बताइएको छ ।  

    प्रधानमन्त्री ओली अदालतको फैसलाले खुशी भएपनि पार्टी एक गराएर लैजाने भन्ने विषय उनीमाथि चुनौती थपिएको छ । एमाले ब्यूँतिएपछि ईश्वर पोखरेल इतरका नेताहरु भने छलफलमा जुटेका हुन् । अदालतको फैसलाले पोखरेल पुनः महासचिब भएका छन् । उनलाई सचिवालयमा महासचिव नदिइकन उनको स्थानमा उपमहासचिव रहेका पौडेल नै महासचिब बनेका थिए । त्यसको मुख्य डिजाइनर गौतम रहेको बताइएको थियो । 

    उनै गौमलाई भेट्न पौडेल पुगेपछि चासोकासाथ हेरिएको छ । यद्यपी पोखरेल यतिबेला नेकपामा सचिवालय सदस्य छन् भने सरकारमा उपप्रधानमन्त्री । तर, पौडेल सरकारमा मन्त्रीमात्र छन् भने सचिवालयमा उपमहासचिव थिए । दुवै ओली खेमामा रहेपनि पौडेलले दाहाल–नेपाल खेमाको आलोचना गरेका छैनन् । उता पोखरेलले निकै कडा रुपमा दाहाल–नेपाल समूहको आलोचना गर्दै आएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १३:५८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij