२०८२ माघ १२ गते सोमवार
काठमाडौं । साविकको नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक सरेको छ । सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको हो ।
कानुनी र राजनीतिक छलफल गर्न समय चाहिएकाले बैठक सारिएको प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।
अदालतको फैसलालगत्तै प्रचण्ड–नेपाल पक्षका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने प्रवक्ता श्रेष्ठले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij