Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमाले कार्यालय पुन:स्थापना गर्दै ओली पक्ष, नुवाकोटमा बोर्ड फेरियो

एमाले कार्यालय पुन:स्थापना गर्दै ओली पक्ष, नुवाकोटमा बोर्ड फेरियो


  • 7.6K
    Shares

    एमाले कार्यालय पुन:स्थापना गर्दै ओली पक्ष, नुवाकोटमा बोर्ड फेरियो

    काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि विघटित नेकपा एमाले ब्युँताउन नेकपाको ओली पक्ष सक्रिय देखिएको छ ।

    नेकपा एमाले र माओवादी केन्द्र कायम राख्ने उक्त फैसलाबाट खुशी ओली पक्षका नेता-कार्यकर्ताले कार्यालयको बोर्ड समेत परिवर्तन गर्न थालेका छन् ।

    नुवाकोटमा ओली पक्षका कार्यकर्ताले सोमबार पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन् । तत्कालीन एमालेका नुवाकोट उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो ।

    उक्त कार्यका लागि ओली पक्षका नुवाकोट स्थायी घर भएका केही नेता कार्यकर्ता काठमाडौंबाट नुवाकोट पुगेका थिए ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १३:२७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij