Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

ओलीलाई घेराबन्दीमा पार्न को-को छन् सक्रिय ? प्रधानमन्त्री खोज्न के-के सम्म गरिंदैछ ? यस्तो छ चुरोकुरो 

ओलीलाई घेराबन्दीमा पार्न को-को छन् सक्रिय ? प्रधानमन्त्री खोज्न के-के सम्म गरिंदैछ ? यस्तो छ चुरोकुरो 


  • 5.7K
    Shares

    ओलीलाई घेराबन्दीमा पार्न को-को छन् सक्रिय ? प्रधानमन्त्री खोज्न के-के सम्म गरिंदैछ ? यस्तो छ चुरोकुरो 

    काठमाडौं । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् । अब उनले विश्वासको मत लिनुपर्ने हुनसक्छ या अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

    ओलीको विकल्पमा अब को प्रधानमन्त्री बन्ने भन्ने चासो बढेको छ । तर, हिजोबाट केही मजबुत भएका ओली सरकार बचाउन सक्रिय भइसकेका छन् ।

    ओलीले सरकार बचाउन नेकपा एमालेको एकता कायमै राखेर कम्तिमा नेपाली काँग्रेस या जनता समाजवादी पार्टीमध्ये एक दलको साथ लिनुपर्ने हुन्छ । तर, त्यो सम्भावना कमजोर छ ।

    ओलीइतरको सरकार गठनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिल्नुपर्ने हुन्छ । त्यतिबेला संसदमा दोस्रो ठुलो दल काँग्रेसको प्रधानमन्त्रीमा दाबी बन्न सक्छ । काँग्रेसभित्र देउवा नै मुख्य दाबेदार छन् । तर, उनलाई प्रकाशमान सिंहले चुनौती दिने बुझिएको छ ।

    काँग्रेसले सरकारको नेतृत्व छाडेमा माओवादी केन्द्रका तर्फबाट प्रचण्डको दाबी हुनसक्छ । उनले दाबी छाडेमा जसपाका महन्थ ठाकुर या डा। बाबुराम भट्टराईमध्ये एकलाई साथ हुनसक्छ । तर, तीन दलको गठबन्धन बन्न कठिन छ । गठबन्धन बनेमा काँग्रेसको ६३, माओवादी केन्द्रको ५१ र जसपाको ३४ गरी प्रतिनिधिसभामा १४८ मत पुग्छ । जुन कुल २७५ सांसद संख्या रहेको प्रतिनिधि सभाको बहुमत सदस्य हो ।

    एमालेले सरकारको नेतृत्व गर्न अहिले रहेको १२१ मतमा एकमत हुनुपर्ने हुन्छ र थप १७ मत जोहो गर्नुपर्ने हुन्छ । बहुमतको सरकार अल्पमतमा परेपछि अब सत्ता समिकरणको नयाँ अभ्यास शुरु भइसकेको छ । यसका लागि ओलीइतरको समूहबीच कुराकानी तिव्र भएको छ । यथास्थितिमा ओलीइतरको सरकार बनाउने प्रयास शुरु भइसकेको छ ।

    माधवकुमार नेपाल र झलनाथ खनाललगायत नेताहरु पनि ओलीइतरको सरकार बनाउने गरी अगाडि बढिसकेको बुझिएको छ ।ओलीलाई सत्ताबाट हटाएपछि एमालेभित्रै संघर्ष गर्ने नेपाल र खनालको रणनीित रहेको बुझिएको छ । उनीहरुको अहिलेको अर्जुनदृष्टि ओलीलाई सरकारबाट हटाउने रहेको बुझिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १३:१२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij