Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रचण्डलाई छोडेर ओली संगै भिड्न माधव नेपालले बनाए यस्तो रणनिती, पेल्ने कि पेलाई खाने ?

प्रचण्डलाई छोडेर ओली संगै भिड्न माधव नेपालले बनाए यस्तो रणनिती, पेल्ने कि पेलाई खाने ?


  • 8.6K
    Shares

    प्रचण्डलाई छोडेर ओली संगै भिड्न माधव नेपालले बनाए यस्तो रणनिती, पेल्ने कि पेलाई खाने ?

    काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेका सांसद भएका छन् । उनी एमालेका वरिष्ठ नेता पनि हुन् ।
    कानुनी रुपमा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि नेपाल अप्ठ्यारोमा परेका छन् । उनको साथमा रहेका सांसदहरु पनि अलमलमा परेका छन् ।

    एमालेभित्र नेपाल अल्पमतमा छन् । उनीसँग पार्टी अलग गर्नका लागि आवश्यक ४० प्रतिशत सांसद संख्या पनि पुग्दैन । त्यसैले उनी एमालेमै बसेर संघर्ष गर्ने अवस्थामा पुगेका छन् ।

    माधव नेपालले तत्काल केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने रणनीतिक कदम चाल्ने बुझिएको छ । उनी अहिले पनि ओलीको बर्हिगमनमा लागेका छन् । सत्ताबाट ओलीलाई हटाएपछि एमालेभित्रै शक्ति वृद्धि हुने नेपाल पक्षकोे बुझाई छ ।

    अहिले ओलीलाई हटाउन सिधै लाग्दा संसदीय दलको विधान बमोजिम ह्वीप विरुद्ध जाँदा सांसद पद नै गुम्न पुग्छ । त्यो चुनौती पनि नेपालसँग छ । तर, अविश्वासको प्रस्ताव आउँदा नेपाल पक्षले साथ नदिए ओली स्वतः सरकारबाट हट्न वाध्य हुन्छन् । अब नेपाल पक्षले रणनीतिक चार्तुयता देखाएर ओलीलाई सत्ताबाट हटाउने निश्चितप्रायः छ । र नेपालले प्रचण्डलाई छोडेर ओली संगै पार्टी भित्र संघर्ष गर्ने संकेत गरेका छन्। 

    नेपाल पक्षको सांसद पद खारेज गरेमा पनि ओली कमजोर हुन पुग्छन् । प्रत्यक्ष चुनाव जितेकाहरुको हकमा पुनः अर्को नाम लान सकिने अवस्था छैन । यो अवस्थाका कारण ओलीले तत्काल बाजी मारेपनि अप्ठ्यारोमा छन् । उनलाई सत्ता जोगाउन निकै ठुलो चुनौती छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १२:५६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij