Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक दिउँसो १ बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

प्रतिनिधिसभा बैठक दिउँसो १ बस्दै, यस्तो छ सम्भावित कार्यसूची 


  • 2.5K
    Shares

    प्रतिनिधिसभा बैठक दिउँसो १ बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । 

    बैठकमा  ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ । 

    सभामुख देवराज घिमिरेले पूर्व प्रतिनिधिसभा सदस्य खेमराज भट्ट मायालुको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

    news.JPG

    प्रकाशित मिति :आश्विन १८ २०८० बिहिवार - ०६:३४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij