Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एसियाली खेलको क्रिकेट क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने

एसियाली खेलको क्रिकेट क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने


  • 4.0K
    Shares

    • images
    एसियाली खेलको क्रिकेट क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने
    images

    चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ। 

    नेपाल र भारतबीचको खेल मंगलबार बिहान पौने ७ बजे सुरु हुनेछ। आज भएको लक्की ड्रबाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो। 

    समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो। दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो।

    नेपाल समूह एको विजेता बन्दै अन्तिम ८ स्थानमा पुगेको हो। क्वार्टरफाइनलको दोस्रो खेलमा भोलि नै पाकिस्तान र हङकङ भिड्नेछन्।

    श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन्।

    प्रकाशित मिति :आश्विन १५ २०८० सोमवार - १०:०२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij