Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

माल्दिभ्सविरुद्ध नेपाल १३८ रनले विजयी

माल्दिभ्सविरुद्ध नेपाल १३८ रनले विजयी


  • 2.6K
    Shares

    • images
    माल्दिभ्सविरुद्ध नेपाल १३८ रनले विजयी
    images

    चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ।

    २१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई २ बल बाँकी छँदा ७४ रनमा अलआउट गर्दै नेपालले शानदार जित दर्ता गरेको हो।

    नेपालको जितमा अभिनास बोहरा नायक बने। अभिनासले माल्दिभ्सविरुद्ध ६ विकेट लिए। ३.४ ओभर बलिङ गरेका अभिनासले ११ रन खर्चिएर ६ विकेट हात पारेका हुन्। बाँकी एक/एक विकेट सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले लिए।  

    माल्दिभ्सका लागि मुअभिथ गनेले सर्वाधिक ३६ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। तर ६ ब्याटरले रनको खातै खोल्न सकेनन्। इस्माइल अलीले ३, फरिद शिउस १० रन बनाउँदा र रशीद रासम १२ रनमा नटआउट रहे। 

    त्यसअघि नेपालले कप्तान रोहित पौडेलको अर्धशतकमा माल्दिभ्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो। रोहितले २७ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाएर रनआउट भए। 

    कुशल मल्लले २० बलमा ४७ रनको नटआउट पारी खेले। उनले ३ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले ३५, कुशल भुर्तेतले ३५, विनोद भण्डारी १३, आशिफ शेखले ६, सन्दीप जोराले ५ रन जोड्दा दिपेन्द्र सिंह ऐरी ६ रनमा क्याचआउट हुन पुगे। सोमपाल कामी १ रनमा नटआउट रहे। 

    प्रकाशित मिति :आश्विन १४ २०८० आइतवार - ०९:१६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij