Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राष्ट्रपतिकी नन्दले एमाले कब्जा गर्दा माओवादी केन्द्र किराँतीको पोल्टामा, आत्तिएर प्रचण्डले बोलाए बैठक 

राष्ट्रपतिकी नन्दले एमाले कब्जा गर्दा माओवादी केन्द्र किराँतीको पोल्टामा, आत्तिएर प्रचण्डले बोलाए बैठक 


  • 5.8K
    Shares

    राष्ट्रपतिकी नन्दले एमाले कब्जा गर्दा माओवादी केन्द्र किराँतीको पोल्टामा, आत्तिएर प्रचण्डले बोलाए बैठक 

    काठमाडौं । सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववतस् रूपमा एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश दिएको छ । तर निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका दुई पार्टी अर्कैका नाममा दर्ता भइसकेका छन् ।

    एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले  नेकपा गठन भएको घोषणा गरेका थिए।

    निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र खाली भएपछि मोरङकी पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गराएकी थिइन् । त्यसैगरी, पूर्वमाओवादी नेता गोपाल किराँतीले आफ्नो नाममा नेकपा (माओवादी केन्द्र) दर्ता गरेका थिए। सन्ध्या रास्ट्र पति बिद्या भण्डारीको नन्द पर्ने हुन् । 

    अहिले पनि निर्वाचन आयोगमा यी दुवै पार्टी तिवारी र किराँतीको नाममा दर्ता छन् । निर्वाचन आयोगमा दर्ता भएका  राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमाले दर्ता छन् ।

    सर्वोच्चले एमाले र माओवादी केन्द्र पूर्ववतस् रूपमा ब्युँतिने फैसला गरे पनि यी दुबै पार्टी कानुनी रूपमा अर्कैका नाममा दर्ता रहेकाले यो फैसलाले संवैधानिकरकानुनी जटिलता थपेको छ।  

    सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् ।

    सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १६:१७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij