२०८२ माघ १२ गते सोमवार
काठमाडौं । साबिक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसला अपेक्षा गरेभन्दा फरक रहेको प्रतिक्रिया दिएका छन् ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले भने, ‘फैसलाको राम्रोसँग अध्ययन गर्न पाएको छैन । तर, जे फैसला आएको छ त्यो अपेक्षा गरेभन्दा फरक छ ।’
सर्वोच्च अदालतको फैसलापछि साविककै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका छन् ।
सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर एमाले माओवादी ब्युँताइदिएलगत्तै साबिक एमालेले यसलाई स्वागत गरेको छ ।
केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले नेकपाको जारी विवादलाई सकारात्मक ढंगले समधान गर्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन् ।
नेपाल प्रेस सँग कुरा गर्दै ज्ञवालीले भने, ‘फैसलाले हामीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काइदिएको छ । अब एकता गर्ने हो भने नयाँ आधारबाट शुरू हुनुपर्छ । पुरानो एकताले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सकेन । यो फैसलाले सकारात्मक निकास दिएको छ ।’
ज्ञवालीले अब माओवादीसँग पुनः एकता गर्ने हो भने राजनीतिक, वैचारिक, संगठनात्मक र नेतृत्वका सबै विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने हुन्छ । यो फैसलाले हामीलाई सही ठाउँमा पुर्याएको छ । अरु कुरा विस्तृत फैसला हेरेपछि मात्र भन्छौं ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij