Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

१९औं एसियाडको जुडोमा नेपालको यात्रा समाप्त

१९औं एसियाडको जुडोमा नेपालको यात्रा समाप्त


  • 2.1K
    Shares

    • images
    १९औं एसियाडको जुडोमा नेपालको यात्रा समाप्त
    images

    हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको जुडोमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार जुडोमा प्रतिस्पर्धा नेपालका दुई खेलाडी पराजित भएपछि जुडोमा नेपालको प्रतिस्पर्धा सकिएको हो । 

    जियोसन लिन्पु जिम्न्याजियममामा भएको जुडोको खेलमा पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।

    यस्तै महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा हारिन् । आकृति म्याटमा २७ सेकेन्ड मात्र टिक्न सकिन् । 

    जुडोमा नेपालबाट ४ महिला र ४ पुरुष गरी कूल ८ खेलाडी सहभागी थिए । तर कुनै पनि खेलाडी क्वाटरफाइनलसम्म पुग्न सकेनन् । नेपाली खेलाडीको यात्रा अन्तिम १६ मै समाप्त भयो ।

    ८ मध्ये पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास विकले जम्मा एक खेल जित्नु बाहेक अन्य सातै खेलाडी पहिलो चरणमा पराजित भए । नेपालका आठै खेलाडी इप्पोनका आधारमा पराजित भए ।

     

    प्रकाशित मिति :आश्विन ९ २०८० मंगलवार - ०९:४७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij