Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

महिला क्रिकेट टिम मलेसिया एयरपोर्टमा अलपत्र

महिला क्रिकेट टिम मलेसिया एयरपोर्टमा अलपत्र


  • 3.4K
    Shares

    • images
    महिला क्रिकेट टिम मलेसिया एयरपोर्टमा अलपत्र
    images

    काठमाडौं । नेपाली महिला क्रिकेट टिम मलेसिया एयरपोर्टमा अलपत्र परेको छ । स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको छ ।

    मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए ।

    तर उडान समय प्राविधिक कारणले भन्दै हिमालय एयरलाइन्सले राति ३ बजेका लागि सारेको छ । जसका कारण विमानस्थलमा पुगेका महिला क्रिकेटरहरुले १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ ।

    १२–१३ घण्टा विमानस्थलमा अलपत्र अवस्थामा रहने स्थिति आएपछि दुख लागेको एक क्रिकेटरले मलेसियाबाट बताइन् । नेपाल क्रिकेट संघ क्यानले भने प्राविधिक गडबढीका कारण यो समस्या भएको बताएको छ ।

    ‘हामीले कुरा गरिरहेका छौं, हाम्रो कमजोरीका कारण यो समस्या आएको होइन । त्यहाँ एयरलाइन्सको प्राविधिक गडबढीले समस्या ल्याएको हो’, क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले अनलाइनखबरलाई जानकारी दिए ।

    खेलाडीलाई विमानस्थलमा नै बस्न र खानाको व्यवस्था मिलाएको उनले बताए ।

    प्रकाशित मिति :भाद्र २४ २०८० आइतवार - १६:२०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij