२०८२ कार्तिक १५ गते शनिवार
काठमाडौं । नेकपाको आधिकारीकता विवाद बल्झिरहेका बेला प्रचण्ड–माधव नेपाल समूह आफू पक्षधर केन्द्रीय सदस्यको हस्ताक्षर बोकेर पुनः निर्वाचन आयोग जाने तयारी गरेको छ ।
उक्त समूहका केन्द्रीय सदस्य लिलामणि पोखरेलका अनुसार केन्द्रीय सदस्यको हस्ताक्षर लिएर आयोग जाने तयारी भइरहेको छ ।
नेता पोखरेलले आफ्नो समूहसँग बहुमत केन्द्रीय सदस्य रहेको दावी गरे । ‘हामीसँग यथेष्ट र बहुमत केन्द्रीय सदस्य हुनुहुन्छ,’ उनले भने ।
यसअघि प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएपछि उक्त समूहले गत ८ पुसमा आयोगमा दुई सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेकपामाथि आफ्नो दावी पेस गरेको थियो ।
‘यसअघि केही केन्द्रीय सदस्यहरू काठमाडौं बाहिर, विदेश तथा अन्य काममा व्यस्त रहेकाले सबैको हस्ताक्षर गर्न छुटेको थियो,’ नेता पोखरेलले भने, ‘ती सबैको हस्ताक्षरसहित आयोगमा बुझाउँछौं ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij