Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हिमालन बैङ्कले ल्यायो ‘फन्ड ट्रान्सफर मोवाइल फोन हातमा’ अफर, दुई भाग्यशाली ग्राहकलाई स्मार्टफोन उपहार

हिमालन बैङ्कले ल्यायो ‘फन्ड ट्रान्सफर मोवाइल फोन हातमा’ अफर, दुई भाग्यशाली ग्राहकलाई स्मार्टफोन उपहार


  • 2.6K
    Shares

    हिमालन बैङ्कले ल्यायो ‘फन्ड ट्रान्सफर मोवाइल फोन हातमा’ अफर, दुई भाग्यशाली ग्राहकलाई स्मार्टफोन उपहार

    काठमाडौँ । हिमालयन बैङ्क लिमिटेडले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । 

    उक्त अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैङ्किङ्गको प्रयोगकर्ताले बैङ्कको मोबाइल बैकिङ्ग ‘एचआइ-एमबि’ एपबाट अन्तर बैङ्क फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । 

    सो अफर भदौ महिनाभर (भदौ १ गते देखि एक ३१ गतेसम्म) लागु हुनेछ । मोबाइल बैङ्किङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरूलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा बैङ्कको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

    फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैङ्किङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले     बैङ्कका ग्राहकहरूलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरू लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।  

    HI-MB को फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच/कनेक्ट आइपिएसको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ  र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । 

    आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १ करोड ४७ लाख रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बैकिङ्ग मार्फत प्रयोगकर्ताहरूले प्रति कारोबार प्रति दिन दुई लाख रुपैयाँको मात्र गर्न सक्नेछन् । हिमालयन बैङ्कको एचआए-एमबि एपमा हाल १७० हजारभन्दा बढी मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरू रहेका छन् ।

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १६:०३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij