Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक

आज ३ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज ३ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


  • 2.4K
    Shares

    आज ३ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न तीन बजे बैठक बस्नेछ।

    दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 

    साउन १० देखि कार्यसूचीमा अघि बढ्न नसकेको संसद आजदेखि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै लगातार संसद अवरूद्ध गरेपछि सोमबार राति छानबिन समिति बनाउन सरकार तयार भएको थियो।

    उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सत्ता र प्रतिपक्षी दल सोमबार बेलुकी सहमत भएका थिए। तर सर्वदलीय बैठकबाट यो निर्णय पारित नभएका कारण हिजो बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको थियो।

    प्रतिनिधि सभाको आजको सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

    त्यस्तै सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ। सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफरे गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

    सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि एमाले सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउनेलगायतको कार्यसूची आजको बैठकको छ।

    प्रकाशित मिति :भाद्र ६ २०८० बुधवार - ०६:५३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij