Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेशनल हाईड्रोपावरले अवितरित हकप्रद सेयर बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

नेशनल हाईड्रोपावरले अवितरित हकप्रद सेयर बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?


  • 2.6K
    Shares

    नेशनल हाईड्रोपावरले अवितरित हकप्रद सेयर बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

    काठमाडौँ । नेशनल हाईड्रो पावर कम्पनीले भदौ १३ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १३ लाख ३६ हजार ७४२।७१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो। 

    कम्पनीले गत असार १९ गतेदेखि साउन १८ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको १३ लाख ३६ हजार ७४२।७१ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो ।

    कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

    लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    इच्छुक लगानीकर्ताले भदौ २४ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ ।

    लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :भाद्र ५ २०८० मंगलवार - १५:४४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij