२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेड र गुरु ट्राभल्स लिमिटेडबीच सम्झौता भएको छ ।
नेपाली पूँजी बजारकै चर्चित मर्चेन्ट बैंकिंग कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा आज हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी तथा गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनसार मुक्तिनाथ क्यापिटलले डिम्याट खाता सञ्चालन, पोर्टफोलियो मेनेजमेन्ट सेवा लगायतका आफ्नो सेवाहरु सुलभ दरमा प्रदान गर्ने तथा गुरु ट्राभल्स लिमिटेडले ट्राभल्स सेवा अन्तर्गत युरोप, एसिया तथा अन्य गन्तव्यका प्याकेजहरुमा विशेष छुट तथा सुविधाहरु प्रदान गर्ने भएको छ ।
व्यवसायिक सहकार्यका अतिरिक्त सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।
समारोहमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत जोशीले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत धरेलले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हाँसिल हुने अपेक्षा राखे । समारोहमा दुई वटै संस्थाका वरिष्ठ कर्मचारीहरुका उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij