२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा २ हजारको विन्दुबाट तल झरेको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १२.९३ अंकले गिरावट हुँदा १९९८.२८ को विन्दुमा बन्द भएको छ । दिनभर कुल १ अर्ब ४० करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । हिजो १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज दिनभर कुल ४८ कम्पनीको मूल्य बढ्दा १७१ को घट्यो भने ७ को स्थिर रहृयो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ ४.४, विकास बैंक १३, फाइनान्स २२, होटल तथा पर्यटन ३८, जलविद्युत् २९, जीवन बीमा ८४, उत्पादन ५६, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ४९, अन्य ८ र व्यापार उपसमूह ३३ अंक घटे ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुकरी हाइड्रोपावरको १० प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको मूल्य ५ प्रतिशत बढ्यो । मेन्छियाम हाइड्रोपावरको मूल्य ८ प्रतिशत घट्यो भने हिमालय पावर पार्टनरको ५.७ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, आईएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटल, घोराही सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे । बजारको कुल पुँजीकरण २९ खर्ब ९० अर्ब रुपैयाँ बराबर कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij