२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले हस्ताक्षर गरे ।
सम्झौता सँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले इन्जाज पेमेन्टको १५० शाखाहरू, पिओएस, किअस्कस्, वा मोबाईल एप र वेबसाइटबाट नेपालमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सकिनेछ ।
साथै इन्जाज पेमेन्टबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैङ्क तथा वित्तीय संस्थाहरू तथा इसेवाका एक लाख भन्दा बढी क्यास पोइन्ट र ७५ लाख भन्दा बढि प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममा बोल्दै एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, “इन्जाज जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं । इन्जाजका भौतिक र डिजिटल च्यानलहरूको व्यापक लाभ उठाउँदै साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिट्यान्स सेवा प्रदान पाउँदा निकै हर्षित छौँ ।”
यसैगरी कार्यक्रममा इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले भने, “इसेवा मनि ट्रान्स्फर नेपालको एक उत्कृष्ट रेमिटेन्स कम्पनी मात्र नभई एफवान सफ्ट ग्रुपको एक भगिनी संस्था पनि हो, जसले नवीनतम् फिनटेक सेवाहरू मार्फत नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई संस्थागत गरेको छ र हामी साउदी अरेबियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स सेवा उपलब्ध गराउन इसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौँ ।”
इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैङ्क तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij