२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा निर्णयकर्ताको बयान नै नलिई अधुरो फाईल पेश गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा कसैलाई बयानमा बोलाउने र कसैलाई नबोलाउने विषय गडबडीको विषय भएको उनको आशंका छ।
ललिता निवास प्रकरणमा निर्णयकर्ता पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान नलिइ प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालमा फाइल दर्ता गर्ने तयारी गरेपछि लामिछानेले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।
ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्रीद्वय माधव नेपाल र डा। बाबुराम भट्टराईको बयान लिन आदेश दिएको थियो । तर, सिआईबीले उनीहरुको बयान अझै लिएको छैन । सिआईबीले अनुसन्धानको फाईल अदालतमा पेश गर्ने तयारी गरेको छ । उक्त प्रकरणमा लामिछानेले गृहमन्त्रीमाथि प्रश्न उठाएका छन् ।
उनले भनेका छन्, “सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यू, केही त गडबडी छ।।।, ठूलै गडबडी छ ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij