Logo

२०८२ भाद्र २१ गते शनिवार

२०८२ भाद्र २१ गते शनिवार

कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बस्दै


  • 2.9K
    Shares

    कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बस्दै
    images

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बोलाएको छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । 

    बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने तयारी बोर्डको छ । प्राविधिक समस्या नआएको खण्डमा आजै साँझसम्म नतिजा सार्वजनिक गरिनेछ । 

    गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए । प्राविधिक समस्या आएको खण्डमा भोलिका लागि सर्नेछ । 

    बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । 

    गत वर्ष ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

    प्रकाशित मिति :श्रावण ३० २०८० मंगलवार - १२:५७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij