Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

हर्क साम्पाङलाई समेत सरकारमा लैजाने बालेनको चाहना

हर्क साम्पाङलाई समेत सरकारमा लैजाने बालेनको चाहना


  • 757
    Shares

    हर्क साम्पाङलाई समेत सरकारमा लैजाने बालेनको चाहना

    काठमाडौं । बालेनले कोसीबाट वैकल्पिक राजनीतिको प्रतीक बनेर उदाएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई समेत सरकारमा आउन प्रस्ताव गर्ने सम्भावना रहेको नेताहरू बताउँछन्।

    यद्यपि साम्पाङले त्यसमा सहमति जनाउँछन् वा जनाउँदैनन् भन्ने स्पष्ट छैन। 

    ‘बालेन हर्कले धरानमा गरेको कार्यसम्पादनबाट प्रभावित हुनुहुन्छ। काम गर्ने मान्छे हो भन्ने परेको छ। त्यसैले उहाँलाई प्रस्ताव गर्न सक्ने सम्भावना छ,’ बालेनको सचिवालयकै एक सदस्यले नेपालखबरसँग भने।

    रास्वपाभित्र अहिले चर्चामा रहेका नामहरूलाई बलिया दाबेदारका रूपमा हेरिए पनि क्याबिनेट गठन अन्ततः प्रधानमन्त्रीको निर्णयमा निर्भर हुने भएकाले अन्तिम क्षणसम्म परिवर्तन सम्भव छ। त्यसैले शपथ नलिइञ्जेल को मन्त्री बन्छ, कसले कुन मन्त्रालय सम्हाल्छ भन्ने सुनिश्चित गर्न नसकिने रास्वपा नेताहरूको भनाइ छ।

    तर, बालेनले आफ्नो क्याबिनेटमा विज्ञता, युवा ऊर्जा र नयाँ राजनीतिक शैलीलाई समेट्ने कोसिस गरिरहेको उनीहरू बताउँछन्।

    प्रकाशित मिति :फाल्गुण ३० २०८२ शनिवार - १७:०२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij