Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, ९ जना भाग्यमानीले पाए ११ कित्ता

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, ९ जना भाग्यमानीले पाए ११ कित्ता


  • 2.3K
    Shares

    अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, ९ जना भाग्यमानीले पाए ११ कित्ता

    काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले बत्तीसपुतलि काठमाडौंमा आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।

    कम्पनीको साउन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ५१ करोड ५६ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ । १३ लाख ४५ हजार ४१८ जनाले १ करोड ५१ लाख ५६ हजार ४४० कित्ताको लागि आवेदन दिएका हुन् ।

    आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट भएको हो । गोलाप्रथाबाट १ लाख ९५ हजार ३२७ जनाले १०/१० कित्ताका दरले सेयर पाएका हुन् । साथै, सोहि मध्यका ९ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन् ।

    कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइ बाँडफाँट भइसकेको छ । 

    कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारणका लागि जारी गरेको थियो ।

     

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १६:१७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij