२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक बर्षको चौथो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
“साथी संग, सबल बन्दै” भन्ने मूल नाराका साथ लघुवित्त कार्यक्रम संचालन गरिरहेको र लघुवित्त क्षेत्रमा भिन्न पहिचान बनाउन सफल काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रयमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
यस संस्थाले चौथो त्रयमास सम्ममा कुल लघुकर्जा १८ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ । प्रति शेयर आम्दानी १७ रुपैयाँ २५ पैसा सहित यस आर्थिक वर्षमा ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
यसैगरी स्व–पूँजीमा प्रतिफल वार्षिक १२.०२ प्रतिशत रहेको छ । तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालन तर्फ भने २ अर्ब २३ करोड १८ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।
वित्तीय संस्थाले कर्जा असुलीमा प्रभावकारी रुपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्दै निष्कृय कर्जालाई ४.६४ प्रतिशतमा सिमित राख्न सफल भएको छ ।
लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थानमा रहेको यस संस्थाले अहिलेको विषम परिस्थितिमा समेत अधिकांश वित्तीय परिसूचकहरुमा उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ ।
नवीनतम् प्रविधिलाई जोड दिदै संस्थाको दैनिक क्रियाकलाप तथा सेवाग्राही सदस्यहरुलाई परिष्कृत सेवा प्रवाह गर्दै आईरहेको छ । जस अनुसार ई–सेवा तथा खल्ती मार्फत रकम भुक्तानीको साथै आर्थिक कारोबारहरुको एसएमएस मार्फत जानकारी हुने प्रणाली सुचारु भईसकेको छ ।
यस वित्तिय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको मर्म र भावना अनुरुप पहुँच नपुगेको ग्रामीण स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७९/८० को अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २ लाख ७ हजार ५७६ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरेको छ ।
वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा मुलुकभरका ७४ जिल्लामा २८७ शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij