२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सोमबारको प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो।
बैठकमा विशेष समय लिएर कांग्रेस सांसद सुनील शर्माले आफ्नो पक्राउ नियोजित भएको भन्दै आपत्ति जनाए। उनले गृहमन्त्रीले राजीनामा नदिएसम्म आफू आमरण अनशन बस्ने चेतावनीसमेत दिए।
यस्तै सत्तारूढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसद शर्माले सदनमा देशको प्रधानमन्त्री विरुद्ध अपशब्द बोलेको भन्दै रेकर्डबाट हटाउन मागेसँगै एमाले सांसदले नाराबाजी सुरु गरे।
एमाले सांसदको नाराबाजीसँगै बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो। प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ३ गते बस्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij