Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नर्सिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले दृढ संकल्प गरेको छ: प्रधानमन्त्री प्रचण्ड

नर्सिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले दृढ संकल्प गरेको छ: प्रधानमन्त्री प्रचण्ड


  • 3.1K
    Shares

    नर्सिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले दृढ संकल्प गरेको छ: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । नेपालको नर्सिङ क्षेत्रमा देखिएको समस्या समाधान गर्न संकल्प सहित सरकार अगाडि बढेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

    स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । नर्सिङ क्षेत्रमा देखिएको  समस्या आफूले अग्निपरिक्षको रूपमा लिएको भन्दै उनले नीतिगत सुधार गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । 

    ‘नर्सिङ क्षेत्रमा जुन समस्या देखिएको छ, त्यसलाई अग्निपरिक्षाका रूपमा लिएको छु । नीतिगत सुधार गरी नर्सिङ सेवामा देखिएका समस्या समाधान गर्ने संकल्प गरेको छु’, उनले भने । 

    त्यस्तै प्रधानमन्त्रीले सिमावर्ती क्षेत्रका नर्सहरू अर्को देशमा गएर पढ्ने, तालिम लिने र उतै पलायन हुने समस्याले स्वास्थ्य मन्त्रालय, सरकारमाथि ठूलो प्रश्न उठेको बताए ।  

    संविधानमा व्यवस्था गरेको बमोजिम शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यसम्प्रभुतामा नागरिकलाई सुविधान दिन नसकेको स्वीकार गरे । अब सामाजिक न्याय, सुशासन, समृद्धि सहित सरकार नयाँ यात्रामा लागेको उनले जिकिर गरे ।

     

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - १५:०७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij