२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक घिसिङले प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्न गरिएको र प्राधिकरणको तेश्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारि गर्ने प्रकिया अगाडि बढाइएको बताए ।
सोही अवसरमा संस्थाको क्रेडिट रेटिङ इक्राबाट डबल ए प्लपस प्राप्त गर्न सफल भएको र ग्राहकलाई दिने सेवामा सुधार गर्न, विधुत चुहावट नियन्त्रण, विधुत महशुल वक्यौता असुली लगायतलाई मानक मानी कार्यसम्पादनको व्यवस्थालाई निरन्तरता दिइएको उनले बताए ।
गत आर्थिक वर्षमा प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । तर, अघिल्ला वर्षहरुको तुलनामा भने केही प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । गत आ.वमा खोला तथा नदीनालाहरुमा पानीको बहाव घटेकाले विधुत उत्पादनमा पनि कमी आएको निर्देशक घिसिङ्गले बताए ।
‘सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविधुत केन्द्रहरुको विधुत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विधुत आयात केही बढ्दा नाफा प्रभावित भएको छ । उनले भने ।’
प्राधिकरणले विधुत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिव ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिव १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणको संचित नाफा ११ अर्ब बाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको घिसिङले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij