Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

भ्याटमा दर्ता नहुने ढुवानी व्यवसायीलाई कारवाही हुने राजस्व विभागको चेतावनी

भ्याटमा दर्ता नहुने ढुवानी व्यवसायीलाई कारवाही हुने राजस्व विभागको चेतावनी


  • 2.1K
    Shares

    भ्याटमा दर्ता नहुने ढुवानी व्यवसायीलाई कारवाही हुने राजस्व विभागको चेतावनी

    काठमाडौँ । आन्तरिक राजस्व विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै ढुवानी सेवा गर्ने करदातालाई अनिवार्य भ्याटमा दर्ता हुन ताकेता गरेको छ । विभागले ढुवानी सेवामा लाग्ने करदाताले कानुनको परिपालना नगरेको पाइएमा कानुन अनुसार कारवाही गर्ने चेतावनी समेत दिएको छ ।  

    आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खटिई आउने टोलीले कानुनको परिपालना भएको नपाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने भन्दै विभागले मूल्य अभिवृद्धि कर लाग्ने कारोबारको सीमा नाघेका व्यक्तिले समयमै मूल्य अभिवृद्धि करमा दर्ता भएर कानुन बमोजिम कारोबार सञ्चालन गर्न विभागले आग्रह गरेको हो । 

    आर्थिक ऐन २०८० अनुसार ढुवानी साधनको भाडा तथा ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लाग्ने कानुनी व्यवस्था छ । मूल्य अभिवृद्धि करको सीमा नाघेका व्यक्तिले समयमै मूल्य अभिवृद्धि करमा दर्ता भएर कानुन अनुसार कारोबार सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ । 

    ढुवानी सेवा प्रदायकले ढुवानी सेवा प्रदान गर्दा वस्तु तथा सेवाको बिजक अनिवार्य साथमा राख्नुपर्छ ।  ढुवानी साधनको साथमा वस्तु तथा सेवाको बिजक नरहेको गुनासो आइरहेको भन्दै विभागले करदाताको ध्यानाकर्षण गराएको हो ।

    चालु आर्थिक बर्षको बजेटले आफ्नो सवारी साधन ढुवानीको कार्यमा लगाएमा सो सेवामा भ्याट लाग्ने व्यवस्था गरेको हो । 

     

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - १४:२४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij