२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएपछि रास्वपा सांसदहरुले संसद भवन परिसरबाटै संसदभित्र जस्तै गरी सभामुखलाई सम्बोधन गरेर आफ्नो धारणा राखे ।आफ्ना धारणा ‘संसदभित्र राख्न नपाइएको हुनाले संसद भवनलाई साक्षी राखेर सभामुखलाई आफ्ना कुराहरु राख्न चाहन्छु’, रास्वपाका सभापति रवि लामिछानेले भने ।
उनले मंगलबारको संसद बैठकमा गृहमन्त्रीले दिएको जवाफमाथि केही प्रश्न उठाएका छन् । गृहमन्त्रीले ३५ दिनको समय मागेकोले यसलाई अन्यथा भन्न नमिल्ने बताए । तर कुन कानुनमा टेकेर भन्सार विभागले गरेको अनुसन्धानलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा पठाएको भनेर प्रश्न गरे ।
उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने भन्दै लामिछानेले 'अनुसन्धान गरिरहँदा चाहे अर्थ मन्त्रालयका सचिव हुन्, चाहे प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरुको संलग्नता छ कि छैन भन्ने शंकाको विषय भयो ।’
सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको केही प्रहरी प्रमुखसँग निरन्तर कुराकानी भएको थाहा भएको भन्दै उनले दावाको मोबाइल फोनको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न समेत माग गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij