Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अब मासिक १०० रुपैयाँमै डिशहोम हेर्न पाइने

अब मासिक १०० रुपैयाँमै डिशहोम हेर्न पाइने


  • 3.5K
    Shares

    अब मासिक १०० रुपैयाँमै डिशहोम हेर्न पाइने

    काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्ना ग्राहकहरूको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । 

    जसअनुसार अब डिशहोमको नयाँ तथा पुराना ग्राहकले मासिक मात्र १०० रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाइवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ । 

    यस्तै, यो अफरको लाभ पहिलेदेखि डिशहोम टिभी मात्र प्रयोग गरि रहनुभएका ग्राहकले फाइवर नेटको कनेक्सन लिएर लिन सक्नुहुनेछ । 

    कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँगै ६० भन्दा बढी एचडी च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मूल्यमा ग्राहकहरूले हेर्न सक्नुहुनेछ ।

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - १४:५५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij