२०८२ भाद्र ५ गते बिहिवार
गोरखा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गोरखा जिल्लामा पहिलो पटक बृहत लोकदोहोरी सांस्कृतिक महोत्सव शुरु गर्ने भएको छ ।
सदरमुकाममा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानले महोत्सवको आयोजना आगामी असोज २३ गतेदेखि कात्तिक ३ गतेसम्म महोत्सव गर्ने समितिका संयोजक हरीराम परियारले जानकारी दिए ।
‘प्रतिष्ठानको गोरखा शाखामा रही हाल प्रदेश वा केन्द्रमा रहेका सवै कलाकारहरु सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ, संयोजक के सीले भने, ‘त्यस वाहेक अन्य बिभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।’
महोत्सवको अवसर पारेर गोरखा तारा प्रतियोगिता, अन्तरपालिका स्तरीय दोहोरी गीत प्रतियोगिता तथा राष्ट्रियस्तरको दोहोरी गीत प्रतियोगिताको आयोजना गरिने महोत्सव व्यवस्थापन समितिका संयोजक शिव के।सीले जानकारी दिए।
सांस्कृतिक महोत्सव अन्तर्गत राष्ट्रिय दोहोरी गीत प्रतियोगिताका विजेताले १ लाख ११ हजार १११ रुपैया र उपविजेताले ५५ हजार ५५५ रुपैया नगद पुरस्कार प्रदान गरिने उनले जानकारी दिए।
त्यस्तै गोरखा जिल्ला भित्रका स्थानीय पालिका स्तरीय दोहोरी प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैया नगरपुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २० हजार ५५५ रुपैया प्राप्त गर्ने संयोजक केसीले बताए। महोत्सवको अवसरमा हुने गोरखा तारा प्रतियोगिताको विजेतालाई ५० हजार ५५५ रुपैया प्रदान गरिने पत्रकार सम्मेलनमा उनले जानकारी दिए।
महोत्सव सम्पन्न गर्नका लागि प्रतिष्ठान अन्तर्गत देश तथा विदेशमा रहेका ७७ वटै शाखा र बिभिन्न १३ वटा उपसमिति गठनसंग सहकार्य गर्न लागिएको उनले बताए ।
जस अन्तर्गत झाँकी व्यववस्थापन, प्रचारप्रसार व्यवस्थापन, आवास, सम्र्पक समन्वय, प्रतियोगीहरुको संयोजन, स्वयसेवक व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ्य तथा सरसफाई व्यवस्थापन लगायतका उपसमिति गठन गरिएको उनले बताए ।
महोत्सवमा स्थानीय व्यवसायीहरुलाई सहज हुनेगरी स्टल व्यवस्थापन गर्ने र स्थानीय स्तरका संस्कृति झल्कने झाँकीहरुको प्रर्दशनीका साथै बाल उद्यान लगायतको व्यवस्था गरिने उनको भनाई छ ।
‘करिव १५० वटा स्टल महोत्सवमा राखिनेछ, उनले भने, ‘स्थानीय तथा बाह्य गरी १ लाख भन्दा बढी दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।’ ५१ लाख रुपैया भन्दाबढी कारोवार अनुमान गरिएको महोत्सवबाट नाफा हुने रकमले प्रतिष्ठान गोरखा शाखाको भवन निर्माणसंगै कलाकार कल्याणकारीकोष बृद्धि गर्ने लक्ष्य रहेको संयोजक केसीले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij