Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

उज्यालो नेपाल पार्टीद्वारा निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन दिन आह्वान

उज्यालो नेपाल पार्टीद्वारा निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन दिन आह्वान


  • 1.0K
    Shares

    • images
    उज्यालो नेपाल पार्टीद्वारा निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन दिन आह्वान

    काठमाडौं । कुलमान घिसिङ संरक्षक भएको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ । सो पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरुले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गरेको हो । 

    निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले जानकारी दिए । 

    उनले भने,‘ उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गर्दछ ।’

    आवेदन दिँदा आफूले उठन चाहेको निर्वाचन क्षेत्र उल्लेख गर्न पनि सो पार्टीले भनेको छ । प्रवक्ता थापाले उम्मेदवारी दिँदा उज्यालो नेपाल बनाउने मार्गचित्र सहितको उम्मेदवारलाई प्राथमिकता दिइने बताए।  

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १४:२२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij