Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने

उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने


  • 1.7K
    Shares

    उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने

    काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादी काठमाडौँमा घोषणासभा हुने जानकारी गराइएको हो ।

    पार्टी घोषणा कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहनेछन् । सोही कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उज्यालो नेपाल पार्टी समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, सङ्गठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको नेताहरूले बताएका छन् ।

    1764316517851blob_g53SYAy9MR.jpg

     

    images
    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १४:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij