Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कारागारमा बन्दी कैदीबीच कुटाकुट हुँदा २ को मृत्यु

कारागारमा बन्दी कैदीबीच कुटाकुट हुँदा २ को मृत्यु


  • 3.3K
    Shares

    कारागारमा बन्दी कैदीबीच कुटाकुट हुँदा २ को मृत्यु
    images

    संखुवासभा । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच एकआपसमा कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश वलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका मादी नगरपालिका ५ का १९ वर्षीय बिनोद तोलांगीको बुधबार बिहान रहस्यमय मृत्यु भएको हो।

    मंगलबार राति १ बजेतिर कारागार शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    उनीहरूको शवलाई  जिल्ला अस्पतालमा शवगृहमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

     

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - १०:५२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij