Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

विराटनगरका पुस्तक व्यवसायी सिद्धान्त भट्टराई मृत फेला

विराटनगरका पुस्तक व्यवसायी सिद्धान्त भट्टराई मृत फेला


  • 2.4K
    Shares

    विराटनगरका पुस्तक व्यवसायी सिद्धान्त भट्टराई मृत फेला
    images

    विराटनगर । विराटनगर-१० का स्थायी बासिन्दा २५ वर्षीय सिद्धान्त भट्टराई सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित होटेलको पछाडि उनको शव फेला परेको हो ।

    भट्टराई स्टेशनरीका होलसेल व्यवसायी हुन् । उनले विराटनगरस्थित पाथीभरा कापी उद्योग सञ्चालन गरेका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले भट्टराईको शव होटेलको पछाडि शौचालय नजिक भेटिएको हो । 

    भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका हुन्। उनको घाँटीमा सिक्री र पाइन्टको गोजीमा मोबाइल फेला परेको छ । 

    प्रहरीले शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ भने होटेलमा जडान गरिएको सिसी क्यामेराको फुटेज लगायतका प्रमाण हेरेर अनुसन्धान गरिने जनाएको छ ।

     

     

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - १०:१३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij