Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह

सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह


  • 2.4K
    Shares

    सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह

    काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन प्रकरणको अनुसन्धान सिआइबिलाई गर्न दिन आग्रह गरेका हुन् । 

    उनले संगठित अपराधमा अनुसन्धान गर्न ६० दिन समय हुने र अब सिआइबिले अनुसन्धानका लागि ३५ दिन पाउने उल्लेख गर्दै ३५ दिनमा अनुसन्धान सकेर दोषिलाई कानूनी दायरामा ल्याउने बताए । 

    गृहमन्त्री श्रेष्ठले सिआइबिले अपराधि लुकाउने र्दुनियत देखायो भने मात्र छानविन समिति बनाउने विषयमा छलफल गर्न सकिने बताए । विगतमा बनाइएको संसदीय छानविन समितिले हराएको सुन भेट्टाउन नसकेको तथा समितिको प्रतिवेदन समेत कार्यान्वयन नभएको भन्दै उनले राज्यको संयन्त्रलाई नै अनुसन्धानको जिम्मेवारी दिनुपर्ने बताए । गृहमन्त्री श्रेष्ठले सरकारले दोषिलाई पहिचान गरी कारबाही प्रक्रियामा ल्याइ छाड्ने भन्दै त्यसको निम्ति सकारात्मक वातावरण बनाइदिन आग्रह गरे । 

    गृहमन्त्री श्रेष्ठले भेपमा सुन तस्करी प्रकरणको फाइल आफ्नो टेबलमा आइनपुगेको पनि स्पष्ट पारे । उनले आफुले सो प्रकरणको पनि निष्पक्ष अनुसन्धान गरेर तथ्य, प्रमाणले देखाए अनुरुपको अभियोजनको प्रक्रियामा जान प्रहरीलाई निर्देशन दिएको बताए । आफु व्यक्ति विशेषलाई जोगाउन नलागेको भन्दै उनले माओवादी केन्द्रकै मान्छे भएपनि दोषि देखिएमा नछुट्ने बताए । उनले प्रमाण पुगेकाहरु कोही नउम्किने बताए । 

    उनले ललिता निवास जग्गा प्रकरणको सम्बन्धमा सर्वोच्च अदालतले दिएको पछिल्लो फैसलाले अनुसन्धानलाई अगाडी बढाउन थप आधार प्रदान गरेको बताए । उनले सो प्रकरणको अनुसन्धान जारी रहेको बताए । अदालतको आदेशलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै उनले यसको पनि स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको बताए ।

    गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको सम्बन्धमा पनि अनुसन्धान, तथ्य र प्रमाणले भेटेसम्मका मान्छेहरुसम्म पुग्न प्रहरीलाई कुनै बाधा नभएको बताए । उनले प्रहरीलाई यस प्रकरणमा पनि अनुसन्धानका लागि कुनै हस्तक्षेप नभएको उनले स्पष्ट पारे । शंकाको आधारमा कसैलाई दोषि करार गर्न नमिल्ने भन्दै उनले तथ्य र प्रमाणको आधारमा व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको बताए ।

    मन्त्री श्रेष्ठले देशमा सुशासन कायम गर्ने सन्दर्भमा राष्ट्रिय सहमती गर्नुपर्ने बताए । उनले तस्करहरुलाई कारबाही गर्न एकतावद्ध हुन सबैमा आग्रह गरे । 

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - ०८:४८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij