Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन छ : गृहमन्त्री श्रेष्ठ

नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन छ : गृहमन्त्री श्रेष्ठ


  • 2.4K
    Shares

    नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन दिएको बताएका छन् । 

    बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले भने–‘फलाना पनि त्यसमा संलग्न हुनुपर्ने हो, त्यहाँसम्म त पुगेन भन्ने लाग्न सक्छ । तर सरकार र अनुसन्धान संयन्त्रले लागेको आधारमा गर्न मिल्दैन, तथ्य प्रमाणको आधारमा गर्न मिल्छ । त्यसकारण अहिले तथ्य प्रमाणका आधारमा प्रहरीले काम गरिरहेको छ, तथ्य प्रमाणले जहाँसम्म फेला पार्छ त्यहाँसम्म पुगेर ल्याउने र कारबाही प्रक्रियामा लाने काम भएको छ । यसमा कुनै शंका नगरियोस् ।’

    ललिता निवास प्रकरणमा पनि अदालतको आदेशले अनुसन्धानमा सहयोग पुगेको बताउँदै अनुसन्धानको प्रक्रिया जारी रहेको बताएका छन् ।

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १७:३२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij