Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमालेको प्रश्न : हामीलाई गम्भीर शंका छ, गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

एमालेको प्रश्न : हामीलाई गम्भीर शंका छ, गृहमन्त्रीसँग बयान कसले लिन्छ ?


  • 2.6K
    Shares

    एमालेको प्रश्न :  हामीलाई गम्भीर शंका छ, गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

    काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेता मुछिँदा उनी माथि किन अनुसन्धान नगरेको भन्दै प्रश्न गरेका छन् ।

    प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले तीन महिनाअघि भेपमा नौ किलो सुन तस्करीमा सत्तापक्षको नेता संलग्न रहेको अभियोग गृहमन्त्रीको टेबलमा हुँदा समेत छानबिन अगाडि नबढाएको बताए । 

    सुन तस्करी भएको २२ दिन भइसकेको बताउँदै त्यसमा गृहमन्त्रीकै संलग्नताको शंका रहेको दाबी गर्दै उनले भने–‘गृहमन्त्रीजी तपाई राजनीतिक कमिसार, तपाईँको फिल्ड कमिसार को छ ? तपाईँको आदेश फिल्ड कमिसारले मानेको छैन कि ? कि फिल्ड कमिसारको सूचना तपाईँले भेरीफाई गर्नुभएको छैन ? हामीलाई गम्भीर शंका छ । त्यसकारण गृहमन्त्रीसँग बयान कसले लिन्छ ? के सीआईबीले लिन्छ ? के राजस्व अनुसन्धानले लिन्छ ?’

    अर्थमन्त्री माथि पनि शंका रहेको उल्लेख गर्दै भट्टराईले भने–‘अर्थमन्त्री माथि हाम्रो प्रश्न छ, प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ, राष्ट्रिय अनुसन्धान आयोगमाथि शंका छ । यत्रा निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए ? यिनीहरुमाथि प्रश्न कसले उठाउँछ ? सीआईबीले उठाउँछ ? उठायो ? भन्सार विभागले उठायो ? यी तमाम कुराको छानबिन नगरी तथ्य पत्ता लाग्दैन ।’

    उनले प्रतिपक्षी बेन्चको एकमत धारणा अनुसार उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको उल्लेख गर्दै छानबिन समितिको पक्ष र विपक्षमा सभामुखलाई भोटिङ गराउन आग्रह गरे ।  

    सांसद भट्टराईले उच्चस्तरीय छानबिन समिति बनाउन विपक्षीहरुको तर्फबाट सर्वदलीय सहमति रहेको बताए ।  संसद्को सार्वजनिक लेखा समितिको बैठकले छानबिन समिति बनाउन सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय भएको बताए । सबै दलको प्रतिनिधित्व रहेको लेखा समितिमा छानबिन समिति बनाउन सबै दलको सहमति रहेको बताउँदै प्रतिनिधि सभाको बैठकमा पनि सहमति हुने उल्लेख गरे ।

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १६:२२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij