२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । केएल दुगड समूह अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले वितरण गर्दै आएको होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले बिएमडब्लुसँग सहकार्य गरेको छ । जसअनुसार आफ्ना होम एप्लायन्सको सिरिज अन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।
विश्वविख्यात कार निर्माता बीएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्सहरु विश्व बजारमा लोकप्रिय भैसकेका छन् भने नेपाली बजारमा पनि लोकप्रिय हुने विश्वास कम्पनिले लिएको छ । यो सहकार्यपछि अब स्काईवर्थका अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरणहरुमा बिएमडब्लुकोआकर्षक डिजाइन हुने्छ ।
“बिएम्डब्लुको यस सहकार्यलाई लिएर हामी अत्यन्तै उत्साहित छौँ । बिएम्डब्लुको डिजाइन एलेमेन्टहरु स्काईवर्थको घरायसी उपकरणमा प्रयोग हुनु भनेको समस्त होम अप्लायन्स उद्योगमै एउटा नयाँ कोसेढुंगा हो । हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यो सहकार्य मन पराउनुहुनेछ ।
अब घरायसी उपकरणहरु केवल काम सजिलो बनाउन मात्र नभई घरको आन्तरिक साज–सज्जाको पनि महत्वपूर्ण हिस्सा बन्न सक्छन्। वास्तवमा भन्नुपर्दा यो सहकार्य कला र प्रविधिको अनुपम संयोजन हो ।”
कम्पनी प्रवक्ता बिएम्डब्लु डिजाइन कन्सेप्टको सहकार्यमा स्काईवर्थका यी नयाँ घरायसी उपकरणहरु हेर्नमा पनि अत्यन्तै आकर्षक देखिन्छन् । बिएमडब्ल्युको कोरिया, चीन र जर्मनीका डिजाइनरहरुले यी डिजाइनहरु वास्तविकतामा ल्याउन धेरै मेहेनत गरेका छन्। स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी उपकरणहरू प्रदान गर्दै आएको छ ।
नयाँ बिएम सिरिज मार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने विश्वास लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij