Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

१३ दिनपछि खुल्यो सदन- क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठले स्पष्टीकरण दिने

१३ दिनपछि खुल्यो सदन- क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठले स्पष्टीकरण दिने


  • 3.2K
    Shares

    १३ दिनपछि खुल्यो सदन- क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठले स्पष्टीकरण दिने

    काठमाडौँ । लगातार अवरुद्ध प्रतिनिधिसभा बैठक आजदेखि खुलेको छ । एक क्वीन्टल सुन तस्करी प्रकरणमा सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्रीले जवाफ दिने प्रतिबद्धतापछि एमाले तत्कालका लागि सदन खुलाउन तयार भएको हो । बालुवाटारमा आज बिहान सभामुख सहित बसेको शीर्ष नेताको बैठकमा एमाले शर्त सहित सदन खुलाउन तयार भएको थियो ।

    सचेतक महेश बर्तौलाले चित्तबुझ्दो जवाफ नआए पुन: अवरोध गर्ने बताए । यसैबीच सभामुख र दलका प्रमुख सचेतक, सचेतकको संयुक्त बैठकमा सबै दलका नेताहरूले आफ्नो धारणा राखेपछि गृहमन्त्री श्रेष्ठले जवाफ दिने सहमति भएको छ ।

    एक क्वीन्टल सुन निर्वाधरूपमा विमानस्थल भन्सारबाट जाँचपासपछि बरामद भएको विषयमा सरकारकै संलग्नता रहेको भन्दै एमालेले उच्चरीस्तरीय छानबिन समितिको माग राखेर सदन अवरुद्ध गरेको थियो । पछिल्लो पटक साउन १० मा सदन बसेको थियो ।

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १५:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij