२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । ज्योति विकास बैङ्कले गत आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्म ५५ करोड ३२ लाख १ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष (२०७९/८०) को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो बर्ष ६७ करोड १ हजार रुपैयाँ नाफा कमाएको ज्योति विकास बैङ्कले यस बर्ष भने ५५ करोड ३२ लाख १ हजार रुपैयाँ मात्रै नाफा कमाएको हो । यो अघिल्लोको बर्षको सोही अवधिको तुलनामा १७.४३ प्रतिशत कम हो ।
समीक्षा अवधिमा यस बैङ्कको खुद ब्याज आम्दानी १६.९१ प्रतिशतले बढेर २ अर्ब ३६ करोड ८९ लाख १६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफामा भने गिरावट आएको छ । गत आवमा बैङ्कको सञ्चालन मुनाफा भने १७.२७ प्रतिशतले घटेर ७९ करोड २८ हजार रुपैयाँमा सीमित भएको छ ।
बैङ्कको वितरणयोग्य नाफा २१.४९ प्रतिशतले घटेर २२ करोड ७८ लाख ८९ हजार रुपैयाँमा सीमित बनेको छ । निक्षेप सङ्कलन १३।६५ प्रतिशत र कर्जा लगानी ५.९७ प्रतिशतले बढेको छ । गत आवको असार मसान्तसम्म बैङ्कले ६१ अर्ब १३ करोड ४४ लाख ७६ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर ५१ अर्ब १९ करोड ८७ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको हो ।
त्यस्तै बैङ्कको खराब कर्जा १.३० प्रतिशतले बढेर २.८६ प्रतिशत पुगेको छ । अघिल्लो आवमा खराब कर्जा १.४७ प्रतिशत रहेकोमा समीक्षा अवधिमा २.८६ प्रतिशत पुगेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी घटेर १२ रुपैयाँ ५८ पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७ पैसा रहेको थियो । समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ३२ पैसा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij