२०८२ माघ १२ गते सोमवार
नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी नै बन्द भएको हो।
पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए। पहिरोका कारण सडक बन्द भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्।
यस सडक खण्डमा पटक–पटक पहिरो खस्ने गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij